Mauntama

Lyrics
[Chorus: Cupid, Cupid & Amit] अब कसरी बुझाउ यो मनलाई तड्पी रहने कोमल हृदायलाई सम्झी बस्नु नै व्यर्थ नै रहेछ मौनतामा नै माया यो मरेछ आज हृदय छैन बसमा, छाड्यो नी धड्कन एक्लो यो संसारमा माया देखी धेरै टाढा [Verse 1: Thujey] अन्याय भो दैव प्रेममा आज रोधनको छैन सिमाना जे थियो हृदय माझ मौन रही मैले बोल्न सकिन डराउ थिए गुमाई बस्छु कि पाएको उसको न्यानो साथ आंशुको चितामा आज जल्दै छ स्मृति सारा प्रेमको संसारमा म बन्न पुगेछु नौलो नमुना बिधीको लेखै यस्तो छैन कसैलाई मेरो गुनासो उदाइ अस्तायो हेर मेरो माया मौनतामै देखिन बुझिन उसले मेरो प्रेमको कुनै इशारै [Chorus: Cupid, B-8Eight & Yiesan D] अब कसरी बुझाउ यो मनलाई तड्पी रहने कोमल हृदायलाई सम्झी बस्नु नै व्यर्थ नै रहेछ मौनतामा नै माया यो मरेछ आज हृदय छैन बसमा, छाड्यो नी धड्कन एक्लो यो संसारमा माया देखी धेरै टाढा [Verse 2: Cupid, Yiesan D] तिमीलाई नै पर्खी बसे त्यही गोरेटोमा, माया, तर आइनौ कहिले (कहिले) साँचेको त्यो चोखो माया मन भित्रै गुम्सि रह्यो सम्झी बस्छु तिमीलाई जहिले (जहिले) देखाउन सकिन तिमीलाई चोखो यो माया मेरो मेटाउन सकिन मनबाट प्यास तिम्रो आज फेरी त्यही याद काडाँ बनि बिझाइ दिन्छु साहु कत्तीन्जेल येसरी? (येसरी) मन बाट माया लाग्छ किन हो थाहा छैन भुलाउ तिमीलाई कसरी? (कसरी?) चाहन्थे केवल उसकै साथ जीवनको हरेक मोडमा बुझ्न उसलाई सकिन प्रतिक्षामा मिठो पलको मेरो माया टाढा भयो परिस्थितीले एक्लोपनमै जिउन सिकायो याद उसकै आइ रहन्छ, यो मनले खोजी रहन्छ पाउन यो जुनीमा सकिन [Chorus: Cupid, Cupid & Amit] अब कसरी बुझाउ यो मनलाई तड्पी रहने कोमल हृदायलाई सम्झी बस्नु नै व्यर्थ नै रहेछ मौनतामा नै माया यो मरेछ आज हृदय छैन बसमा, छाड्यो नी धड्कन एक्लो यो संसारमा माया देखी धेरै टाढा [Verse: Ice] भाविको यो खेल कस्तो, समयले रुप लिए जस्तो लागि रहेछ यो संसारमा आज किन म एक्लै जस्तो पोख्न सकिन यी मनका भावनाहरू सामु तिम्रो आज टाढाँ भयौ तिमी पछुताइ रहेछ यो मन मेरो दैवको उपहर कस्तो, पिडामा नै जल्नु पर्ने आंशु लुकाइ हाँस्नु पर्ने, बिछोडको घाउ सहनु पर्ने छ एउटै इच्छा अब मेरो, तिमी सदा हांसी रहनु अंगालोमा बाधी उसको, खुसी साँची बाची रहनु [Chorus: Cupid] अब कसरी बुझाउ यो मनलाई तड्पी रहने कोमल हृदायलाई सम्झी बस्नु नै व्यर्थ नै रहेछ मौनतामा नै माया यो मरेछ आज हृदय छैन बसमा, छाड्यो नी धड्कन एक्लो यो संसारमा माया देखी धेरै टाढा (मनलाई)
Rate this song
0/5.0 - 0 Ratings
Loading comments...
Credits
- Writers
- B-8eight